झापा : झापाको कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम मियाँ माथी मेलमिलापका लागि भईरहेको छलफलमा हातपात गरेको आरोप लागेको छ ।

स्थानीय रहिमुदिन मियाँको परिवारमा भएको पटक पटकको घरायसी झगडालाई लिएर दुवै पक्षलाई मेलमिलापका लागि छलफलमा उपस्थित गराई वडा-अध्यक्ष नुर आलमले छलफलमा सहभागी गराउँदा आलमलाई हातपात गरि घाईते बनाएको आरोप लागेको हो ।

कुटपिटबाट घाईते भएका आलमको हाल ॐ साई अस्पताल भद्रपुरमा उपचार भईरहेको जनाईएको छ।