काठमाण्डौ । सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाईका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, "रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक-एक गरी जाग्नुस्। हामी संख्यामा कम पक्कै छौं तर इमान्दारीमा कुनै खोट छैन।"
प्रधानमन्त्री प्रचण्डको यो कडा शैलीले देशको हरेक क्षेत्रमा राजनीतिक भ्रष्टाचारले पारेको असर कम गर्दै सुशासनलाई मजबुत गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा मन्त्रिपरिषद्को प्रभावकारिता र जनताको विश्वासमा वृद्धि हुने आशा पनि गरिएको छ।




















