कचनकवल।आज देखि कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुन:ताजगी तालिम सुरु भएको छ ।
कचनकवल गाउँपालिकाको सभाहलमा सुरु भएको उद्घाटन सत्र न्यायिक समितिका संयोजक नवराज भट्टराईको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति राजवंशीले यस तालिमले मेलमिलापकर्ताहरुमा आफ्नो अधिकार क्षेत्रमा रहेर विवाद समाधान गर्न थप क्षमता वृद्धि हुने एवम समाजका द्वन्द कम हुने अपेक्षा सहित कार्यक्रम सफताको शुभकामना व्यक्त गर्नु भयो ।न्यायिक समिति सँयोजक नवराज भट्टराईले कचनकवल गाउँपालिकाको न्यायिक समिति सफल हुनु र लिजामा समेत सतप्रतिसत अङ्क प्राप्त गर्नुमा मेलमिलापकर्ताहरुको ठुलो हात रहेको बताउँदै पछिल्ला दिनमा मुद्दाको चाप बढे संगै थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो । मानव अधिकार मंच इलामका सहजकर्ताहरु याम कुमार मावो लिम्बु र सन्तोष मगरले सहजीकरण गर्नु हुने कार्यक्रममा न्यायिक समिति सदस्य बबिता काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संचालक उमेश मिश्रले उक्त तालिम ३ दिन संचालन हुने र गाउँपालिकाका सुचिकृत ३७ जना मेलमिलापकर्ताहरु सहभागीता रहनेछ ।