कचनकवल। कचनकवल गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा कचनकवल गाउँपालिका वडा नम्बर ३ बडोकेचना स्थित गेदगाबस्ती र प्रगति चौकका हरि प्रसाद राजवँशीको १२ वर्षीय छोरी मनिषा राजवँशीको बिषालु सर्पको टोकाइका कारण मृत्यु भएको हो।
कचनकवल-२ स्थित स्वर्णिम शिक्षा सदन माविमा कक्षा ६ मा अध्ययनरत मनिषा ५ बजे स्कुल विदा भएपछि घर गईन र पढ्ने सानो टेबल लिन सामान राखिएको कोठामा छिर्नसाथ कालो गोमन सर्पको डसाईमा परिन।कालो गोमन(Black Cobra) अत्यन्तै बिषालु सर्पको प्रजाति भित्र पर्ने सर्प भएकोले तत्काल उपचारको खाँचो पर्दछ।सर्पले दुईपटक खुट्टामा टोकेपछि बालिका एक्कासि रुन थालेपछि घरमा रहेका सदस्यले तत्काल उपचारका लागि सर्प दँश उपचार केन्द्र ल्याउनुपर्नेमा पथरिया बजारमा रहेका बुवा हरि प्रसाद राजवँशीलाई फोनमार्फत मनिषालाई सर्पले टोकेको खबर गरेका थिए।अभिभावकलाई पर्खने हुँदा ढिला भएको बुझिएको छ।
बुवा हरि प्रसादले मनिषालाई सर्प दँश उपचार केन्द्र बनियानीमा ५:५५ बजेको समयमा उपचारका लागि ल्याईपुर्याउँदा बालिकाको शरिरमा बिष फैलिसकेको पाएपछि चिकित्सकले अक्सिजन सपोर्ट गर्दै गम्भीर अवस्थाकि मनिषालाई तत्काल १० भाइल एन्टी स्नेक भेनम लगाएर थप १० भाईल औषधि सहित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको एम्बुलेन्समा सघन कक्षको उपचारका लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल तत्काल पठाएपनि अस्पताल पुर्याउँदा चिकित्सकले बालिकाको मृत्यु भईसकेको घोषणा गरेका थिए ।
कचकवल-६(बनियानी)स्थित सर्पदंश उपचार केन्द्रमा सर्पले टोक्न साथ समयमै उपचार केन्द्र आई उपचार गरि सकुशल घर फर्किएका बिरामीको सँख्या झण्डै सात सय भन्दा बढीको तथ्यांकले बताईरहँदा मनिषाको निधन ढिलाइका कारणले उपचारमा समस्या आएकाले मृत्यु भएको विश्वस्त स्रोतले बताएको छ।