झापा।कचनकवल गाउँपालिका १ (घेरावारी)स्थायी घर भई हाल लक्ष्मीपुरमा टेलरिङ्ग ब्यवसाय गर्दै आउनु भएका बैजन्त कुमार सिह राजवँशीलाई नचिन्ने कमै होलान।Screenshot_20240612_215446_Gallery

लामो समयदेखि समाजसेवा मात्रै होइन टेलरिङ व्यवसाय समेत विगत १४ वर्षदेखि गर्दै आएका राजवंशीले लक्ष्मीपुरमा नमस्ते टेलरिङ हाउस सञ्चालन गरेकाछन् । 

जनचेतना अभिवृद्धिसंगै उनले भर्खरै सम्पन्न 6th international cultural and tourism film festival मा विभिन्न देशका प्रतियोगिहरुलाई पछि पार्दै Best costume design अवार्ड समेत हात पारेकाछन्।Screenshot_20240612_215458_Gallery

नमस्ते टेलरिङ हाउसका संचालक राजवंशीले ब्रान्डेड सुटिङ सर्टिङका कपडा बिक्री गर्नुका साथै उच्चस्तरीय सिलाइ अन्तर्गत स्कूलका पोशाक ,विवाहका कपडा लगायत जेन्स र लेडीजका सम्पूर्ण पोशाक तयार गर्ने गर्दैछन्।