झापा। कचनकवल स्थित NIC Asia बैङ्क कचनकवल शाखाबाट सर्वश्रेष्ठ कचनकवल गाउँपालिका बचत खाता खाेल्ने स्व. टीका माया दहालकाे श्रीमान ओम बहादुर दहाललाई दूर्घटना बिमा वापत रू १०,००,०००/- (अक्षरेपि दश लाख) काे चेक बैंकको शाखा कार्यलय कचनकवलमा सम्पन्न एक कार्यक्रमका बीच हस्तान्तरण  गरिएको छ। 

कचनकवल गा.पा. वडा नं १ साेमबारे निवासी ओम बहादुर दहालको श्रीमती टिकामाया दहालकाे मिति २०८०-११-०३ गतेका दिन निजी निवासमै रहँदाकाे बखतमा विषालु शर्पकाे टाेकाईबाट  निजकाे निधन भएकाे र  NIC Asia बैङ्कको नियमअनुसार सर्वश्रेष्ठ कचनकवल बचत खाता संचालन गरेवापत खातावाला सहित परिवारको अन्य ३ जनालाई घातक रोग बिमा, दूर्घटना बिमा तथा औषधि उपचार बिमा रहने व्यवस्था अनुसार सो रकम बराबरको चेक NIC Asia बैङ्क कोशी प्रदेश क्षेत्रिय उप-प्रमुख डेनराज सुब्बा र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले संयुक्त रूपमा मृतकका श्रीमान् ओम बहादुर दहाललाई बैंकको कार्यालयमा हस्तान्तरण गरिएको जानकारी कचनकवल शाखा कार्यालयका शाखा प्रवन्धक पुष्कर अधिकारीले जानकारी गराउनुभयाे ।