झापा । कचनकवल जेसीजद्वारा आज १७ औं गणतन्त्र दिवसको अवसरमा इफेक्टिभ पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । 

कचनकवल गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रमका संयोजक कचनकवल जेसीजका कोषाध्यक्ष निर्मल दाहालले गरेका थिए । 

कचनकवल जेसीज वर्ष २०२४ का अध्यक्ष बेनुपराज प्रसाईको अध्यक्षता ,प्रदेश सांसद माननीय भुमि प्रसाद राजवंशीको प्रमुख आतिथ्यता ,नेपाल जेसीज क्षेत्र -(क)का तालिम संयोजक प्रदीप विष्टको विशिष्ट आतिथ्यता ,विभिन्न संस्थाका प्रतिनिधि एवम् सामाजिक व्यक्तित्वहरुको आतिथ्यता तथा प्रशिक्षार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कचनकवल जेसीजले नेतृत्व र व्यक्तित्व विकासका लागि केही समययता थुप्रै राम्रा कामहरू गर्दै आइरहेकोले आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गर्दै अघि बढ्नका लागि आफूले गर्न सक्ने सहयोग आफ्नो तर्फबाट सदैव रहने कुरा उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय भुमि प्रसाद राजवंशीले बताउनुभयो ।

आयोजित कार्यक्रम प्रभावकारी रहेको र यसले आफूलाई आउँदा दिनहरूमा निक्कै नै फाइदा पुर्याउने उक्त तालिमका प्रशिक्षार्थी कृष्ण न्यौपानेले बताउनुभयो ।