कचनकवल।नेकपा एमाले कचनकवलको अध्यक्षमा कुल बहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनु भएका छन् । हिजोदेखि सुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि कुल बहादुर कार्की र उपेन्द्र आचार्यको उम्मेदवारी परेकाले सर्वसम्मतहुन नसकेपछि निर्वाचन भएको हो। त्यस्तै उपाध्यक्ष र सचिवमा पनि दुई –दुई जनाको उम्मेदवारी परेको थियोे। उपाध्यक्षमा धनमाया शिवाकोटी (भट्टराई ) ,हर्कराज गुरुङ र सचिवमा दुर्गा प्रसाद थापा ,खगेन्द्र पाण्डेको उम्मेदवारी भएकोमा भट्टराई र थापा भारी मतान्तरले निर्वाचित भएकाछन्।

त्यसबाहेक अन्य सदस्यको सर्वसम्मत निर्णय भएको जनाईएको छ।