कचनकवल । सशस्त्र प्रहरीले कचकवल-६(बनियानी) स्थित जैनाल मियाँको घरमा गोदाम बनाई राजस्व छलीगरी राखिएको आशँकामा अरुण शाहको कपडा गोदाममा सशस्त्र प्रहरी ,नेपाल प्रहरी र आन्तरिक राजस्व कार्यालय भद्रपुरको टोलीले दिउँसो १:४१ बजे छापामारी कपडा बरामद गरेको छ।
विगत लामो समयदेखि भारतबाट राजश्व छली गर्दै अवैध कपडा भित्र्याउँदै बनियानीका विभिन्न स्थानमा भण्डारण गर्दै कपडाको कारोबार गर्दै आएका शाह कपडाको दुनियाँमा भन्सार र प्रहरीलाई चुनौती दिदै अवैध धन्दा लामो समयदेखि निरन्तर गर्दै आएको आरोप खेपिरहेका भएपनि शाहलाई यसपटक सशस्त्र प्रहरीले शाहको गोदामै छापा मारेको छ।
गोदाम छिर्ने गेटमा उभिएका प्रहरीले अहिले भित्र जान नमिल्ने भनेपछि हामीले स्थानीयलाई सोध्दा दुई गाडी कपडालाई सशस्त्रले पछ्याउँदै आएको देखेको भन्ने स्थानीयले बताएपनि भित्र के कति भन्ने सूचना सशस्त्र प्रहरीले अहिले बताउन नमिल्ने जनाएको थियोे । कचनकवल गाउँपालिका–६ स्थित जैनाल मियाँको घरमा गोदाम गरी राखिएको २० लाख बढीको अवैध कपडामा रहेको वरिपरि हेर्ने जनताको भीडबाट सुन्न सकिन्छ ।
* पछिल्लो अपडेट अनुसार यस्तो भेटियो :
कचनकवल-६(बनियानी) का कपडा कारोवारी अरुण शाहको गोदाममा सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,आन्तरिक राजस्व कार्यालय भद्रपुर सहितको टोलीले कुर्ता सुरुवाल ७७४ पिस,पर्दा पिस १०४० पिस,सुटिङ कपडा ४८८ मिटर,सटिङ कपडा ८८७.५ मिटर,ग्रिप कपडा १४३०.५ मिटर,दुपटा कपडा ३९६ मिटर,अस्तर कपडा २२० मिटर,सुति प्रिन्ट कपडा ४३९.५ मिटर,असरिसा साडी १४८ पिस,ब्लाउज ७०० मिटर विभिन्न प्रकारका कपडा बरामद गरि सशस्त्र प्रहरीको गाडीमा अनुसन्धानका लागि लगिएपनि शाहले भन्सारको बिल भएको दाबी गर्दै आएपनि नेपाली बजारमा ५० लाख ९६ हजार मूल्य बराबरको कपडा सशस्त्र प्रहरी र आन्तरिक राजस्व कार्यालय भद्रपुरले अनुसन्धानका लागि बरामद गरी भन्सार पठाएको छ।