कचनकवल।चालु आर्थिक वर्ष २०८०/०८१ मा कचनकवल गाउँपालिकाले एक वडा एक कालोपत्रे सडक अन्तर्गतको सातै वडाको कालोपत्रेको काम थालेको छ। 

कचनकवल गाउँपालिकाले वडा -१ अन्तर्गतको योजना उपेन्द्र राजवँशीको घर-ललित गाउँ-घेरावारी सडक कालोपत्रे योजनाको ठेक्का छायाँ भरत कन्स्ट्रक्सन एण्ड सप्लायर्सले १ करोड ५९ लाख ८८ हजार ८१० रुपैया ५९ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले दुईवटा कल्भर्ट सहित ९०० मिटर कालोपत्रेको काम थालेको छ।

कचनकवल गाउँपालिकाले वडा-२ अन्तर्गतको योजना सुकुनाडिगी-गर्जमान बस्नेतको घर-तेज प्रसाद पौडेलको घर सडक कालोपत्रे योजनाको ठेक्का विशाल निर्माण सेवाले १ करोड ४ लाख १० हजार २०९ रुपैया ७४ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले कालोपत्रेका लागि सडकलाई तयारी अवस्थामा पुर्याउँदै ६६० मिटर सडक कालोपत्रेको काम थालिसकेको छ।

कचनकवल गाउँपालिकाले वडा-३ अन्तर्गतको योजना पथरिया मावि-प्रगति चौक सडक कालोपत्रे योजनाको ठेक्का झापाली वाईबा निर्माण सेवाले १ करोड ४ लाख ४ हजार ४२३ रुपैयाँ ४५ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले ६२० मिटर सडक कालोपत्रेका लागि आधारभूत सम्पूर्ण काम सम्पन्न गरिसकेको छ।

कचनकवल गाउँपालिकाले वडा-४ अन्तर्गतको योजना शारदा प्रावि पश्चिम फर्कागाछी-हेल्थपोष्ट-महेन्द्र मावि सडक स्तरोन्नतिका लागि सडकको दुवै तर्फ प्लम्ब वाल ,ग्राबेल र २ कल्भर्ट निर्माणको योजनाको ठेक्का प्रोमिसिङ कन्स्ट्रक्सन प्रा.लि.ले १ करोड २१ लाख ३५ हजार २७७ रुपैयाँ ८८ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले ६३० मिटर सडक स्तरोन्नतिका लागि सडकको दुवैतर्फ प्लम्ब र ग्राबेलको सम्पूर्ण काम धमाधम  गरिरहेको छ।

कचनकवल गाउँपालिकाले वडा-५ अन्तर्गतको योजना बुढाथोकी चौक देखि फूलबारी-नयाँवस्ती-नयाँ बजार सडक कालोपत्रे योजनाको ठेक्का झापाली वाईबा निर्माण सेवाले १ करोड ३ लाख ४४ हजार ७४३ रुपैयाँ ४६ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले ६४० मिटर सडक कालोपत्रेका लागि सम्पूर्ण काम सम्पन्न गरिसकेको छ।

कचनकवल गाउँपालिकाले वडा-६ अन्तर्गतको योजना पाठामारी बालुवाडी मेनरोड उत्तर सामुदायिक भवन-खानेपानी ट्याँङ्की  सडक कालोपत्रे योजनाको ठेक्का विशाल निर्माण सेवाले १ करोड ५ लाख ८२ हजार ७३५ रुपैयाँ १६ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले ७०० मिटर सडक कालोपत्रेका लागि आवश्यक सम्पूर्ण काम सम्पन्न गर्दै बाँकी कालोपत्रेका लागि पर्खि रहेको छ।

कचनकवल गाउँपालिकाले वडा-७ अन्तर्गतको योजना पाठामारी बालुवाडी मेनरोड उत्तर शिव मावि-साना किसान सडक कालोपत्रे योजनाको ठेक्का १ करोड १२ लाख १९ हजार ५६६ रुपैयाँ ६२ पैसामा सदर भएको हो । उक्त सडक कालोपत्रेको काम सम्बन्धित निर्माण कम्पनीले ५८० मिटर सडक कालोपत्रेका लागि सडकमा दुईवटा कल्भर्ट निर्माणको काम गर्नुपर्ने भएपनि निर्माण कम्पनीको प्राविधिक समस्याका कारणले काम शुचारु भएको छैन। 

कचनकवल गाउँपालिकाले वडा-१ र ३ अन्तर्गतको योजना केदार राजवँशीको घर-जमुना खोला-डाँगिवारी-दल्की सडक कालोपत्रे योजनाको ठेक्का पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.लि.ले १ करोड ७४ लाख ७८ हजार ३५८ रुपैयाँ ४४ पैसामा प्रतिस्पर्धामा पाएको हो । उक्त निर्माण कम्पनीले १२०० मिटर सडक कालोपत्रेका लागि आधारभूत सम्पूर्ण काम सम्पन्न गरिसकेको छ।