कचनकवल ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की गन्धर्व जातीको राजधानी भनेर चिनिने कचनकवल आईपुगेकाछन्।उनी अकस्मात भने आएका होइनन् ।सीमा निरीक्षणका क्रममा नेपालको होचो स्थान कचनकवल आउँदा बाटोमा गन्धर्वले रेटेको सारङ्गीको मीठो धुनमा मख्खिएका कार्कीले गन्धर्व जातीको मौलिक सँस्कृतिमा सँगसँगै रम्न र रमाउन कचनकवलमा गन्धर्वकै बस्तीमा बस्नेखाने गरि आउने वाचा गरेको केही दिनमै प्रदेश सभा (क) सदस्य भूमि प्रसाद राजवँशीलाई साथमा लिएर कार्की राजवँशी कै क्षेत्रमापर्ने गन्धर्वहरुको बस्तीमा आईपुगेकाहुन्।
कचनकवल-२(सुकुनाडिगी) आसपास ४८ घरधुरीमा फैलिएर रहेका गन्धर्वहरुको बस्तीमा हिजो बेलुकी ८ बजे शिव गन्धर्वको घरमा खाना खान प्रदेश मुख्यमन्त्री र अन्य पाहुना समेत ल्याएर प्रदेश सभा सदस्य भूमि प्रसाद राजवँशी आएपछि घरमा पाकेको खानेकुरा खुवाउन पाउँदा दङ्ग परेको शिवको श्रीमती बताउँछिन् ।
गन्धर्व बस्तीमा खाना खाएपछि नजिकै रहेको आदर्श टोलमा मुख्यमन्त्रीको स्वागत र सारङ्गीको धुन पस्किन कुरेर बसेका गन्धर्वहरु स्थानीयका बीच पुगेर मुख्यमन्त्री कार्कीले गन्धर्वहरुका दुखपीडा र चाहना आमनेसामने रातभर त्यहीँ बसेर गीत सुन्ने र गन्धर्व जातीको पहिचानको सँरक्षणका लागि नीतिगत प्रबन्ध गर्ने वचन राख्दै सोही स्थानमा बास बस्नु भएको थियोे ।
गन्धर्व समाजद्वारा राखिएको खुला अन्तरक्रिया भेलामा उपस्थितहरुले समाजमा कथित माथिल्लो जात भनिनेहरुबाट गन्धर्वहरु दलित भनिएर घोचपेजका भेदभाव भोग्नुपरिरहेको समस्या ,उत्पीडन ,गरीबीका साथै पुरातन जातीय कला सँस्कृति मासिदै गएकोले मौलिक सँस्कृति सँरक्षणमा सरकारले विशेष ध्यान नदिएको गुनासो राखेका थिए ।
मुख्यमन्त्रीसँग उत्पीडित गन्धर्वहरुको दुखसुख बाड्ने उक्त कार्यक्रमको प्रबन्ध प्रदेश सभा (क) सदस्य माननीय भूमि प्रसाद राजवँशीले गर्नु भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री केदार कार्की ,अतिथि भद्रपुर नगरपालिका मेयर गणेश पोख्रेल ,मुस्लिम महिला सँघ केन्द्रीय सदस्य सेलेतुन खातुन ,कचनकवल गाउँपालिका ३ वडाध्यक्ष ग्यास अजमल मियाँ लगायतका नेता तथा कार्यकर्ताको उपस्थितिमा भेला तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन रवीन गन्धर्वले गर्नु भएको थियो ।
प्रदेश मुख्यमन्त्री कार्की आज कचनकवलमै खाना खानुका साथै निर्माणाधीन अवस्थामा जीर्ण बनेको गन्धर्व जाती सँग्राहलयका साथै कचनकवलका सम्भावना बोकेका विविध ठाउँको अवलोकन गरि छलफल अन्तरक्रिया गर्दै फर्किने कार्यक्रम रहेको जनाईएको छ।