कचनकवल।चैत ७ गते शिक्षा शाखाले समयमा अनुगमन नगर्दा कचनकवलका प्र.अ. र कर्मचारीमा बढ्यो मनोमानी भन्ने शीर्षकमा प्रकाशित समाचारको प्रअहरुले खण्डन गर्नुभएको छ।

देवी आधारभूत विद्यालय कचनकवल-५ का प्रधानाध्यापक जयसिह राजवँशी र सोही वडाको बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक कुसपत लाल राजवँशीले सँयुक्त रुपमा हस्ताक्षर गरि खण्डनपत्र मार्फत काजी खबरलाई घटनाको वास्तविकता बताउनु भएको छ।

काजी खबरलाई चैत ६ गते राजनीतिक पार्टीको बैठकमा प्रअहरु सहभागी भएको भन्ने फोटो र भिडियो प्राप्त भएपछि हामीले सम्बन्धित विद्यालयमा अनुगमन गरेका थियौं ।उक्त अनुगमनमा सम्बन्धित विद्यालयका शिक्षकहरुबाट प्रधानाध्यापक जयसिह राजवँशी विद्यार्थी दिवा खाजाका लागि शिक्षा शाखा गएको र अर्का प्रधानाध्यापक कुसपत लाल राजवँशी विद्यालय कामले बाहिर गएको जानकारी भएपछि हामीले फोन सम्पर्कको प्रयास गरेका थियौं।

विद्यालयमा सम्बन्धित प्रअ नभेटेपछि हामीले  शिक्षा शाखा प्रमुख मनिता बराललाई सम्पर्क गर्दा विद्यालय अनुगमनको क्रममा बाहिर भएकोले प्रअको सम्बन्धमा सम्पूर्ण जानकारी शाखा कार्यालय पुगेपछि वास्तविकता के हो बुझेर बताउने जनाएपछि हामीले सम्बन्धित प्रअलाई पुनः फोन सम्पर्क गरेपनि कुनै प्रतिक्रिया नजनाएकाले एकदिन पछि चैत ७ गते फोटो र भिडियोको आधारमा समाचार प्रेषण गरिएको थियोे।

सोही समाचारमा लक्ष्मी माद्यामिक विद्यालय कचनकवल-६(बनियानी) विद्यालय कर्मचारीले प्रधानाध्यापकको चलानी नम्बर १३३ को स्पष्टीकरण पत्र कार्यालयमै च्यात्तिएको बिषयमा समेत उल्लेख भएको थियोे ।हामीले विद्यालयको कर्मचारीको बिषयमा श्री लक्ष्मी माद्यामिक विद्यालयका प्रअ राजु बुढाथोकीलाई पत्र च्यात्तिएको बिषयमा समेत बुझ्ने प्रयास गरेका छौं ।

लक्ष्मी माद्यामिक विद्यालय बनियानीका कर्मचारी टेक नारायण राजवँशीले आफ्नो दैनिक काम कार्वाहीमा हेलचेक्राई र मनोमानी गर्दै असहयोग गरि विद्यालयमा असहयोग पुर्याएकाले लिखित स्पष्टीकरण मागिएको अवस्थामा आवेगमा आई च्यात्तिएको भन्ने निवेदन स्वयं कर्मचारीले विद्यालय प्रशासनलाई दिएकाले तत्काल अनौपचारिक स्टाफ बैठक गरि नीज कर्मचारीलाई एकपटक अन्तिम मौका दिँदै १० बुँदे शर्त सहित क्षमा दिईएको बताइएको छ।

प्रधानाध्यापकले बुझाएको खण्डनपत्र यस्तो छ :IMG-20240321-WA0000