पथरिया ।कचनकवल गाउँपालिकाले ग्यास सिलिन्डर र दाउराको चुलोबाट मुक्त बनाउने उदेश्यले कचनकवल गाउँपालिका वार्ड नम्बर २ का २५० घरधुरीलाई लागत साझेदारीमा बिधुतीय चुलो वितरण गरेको छ।
JIJK इन्डेक प्राक्टिकल एक्सन नेपाल ,सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय मंहासघ नेपाल ,दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूह कचनकवल ,कचनकवल वार्ड नँ. २ र उपभोक्ताको लागत साझेदारीमा बिधुतीय चुलो र भाँडा बितरण गरिएको छ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी र गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको उपस्थितिमा उपभोक्तालाई लागत साझेदारीमा बिधुतीय चुलोको सेट वितरण गर्नुभएको थियो ।
कचनकवल गाउँपालिका वडा नम्बर २ ले कार्यालयको सभा हलमा आयोजना गरेको उक्त कार्यक्रमलाई वडाध्यक्ष लेखनाथ खत्रीले निःशुल्क रुपमा वडावासीलाई वितरण गर्ने उदेश्य रहेतापनि तत्काल कार्यक्रमको वातावरण शृजना गर्न नसकिएकाले लागत साझेदारीका आधारमा कार्यक्रमको आयोजना गरिएकाले कार्यक्रम सफलताको लागि सहयोग पुर्याउने गाउँपालिका ,वडावासी र सहभागी सबैलाई विशेष धन्यवाद सहित इन्डक्सन चुलो वितरण शुरु गरिएको थियो।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले “एक घर एक विद्युतीय चुलो वितरणका लागि वडाले गरेको कार्यक्रमले आगामी दिनमा लागत साझेदारीका आधारमा यस्तै कार्यक्रम गाउँपालिका भित्र गर्न सकेको खण्डमा गाउँपालिकालाई ग्याससिलिन्डर र धुँवामुक्त पालिका बनाउनका लागि उदाहरणीय कार्यक्रम भएको गाउँपालिका अध्यक्षले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले पालिकाले लागत साझेदारीका आधारमा विद्युत् पुगेका २५० घरधुरीलाई इन्डक्सन चुलो र भाँडाकुँडा वितरणले ग्यास सिलिन्डर र दाउरा चुलोमुक्त बनाउने कार्यको थालनी भएको भन्दै वडालाई बिशेष धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समग्र पालिकालाई नै धुँवारहित पालिका हाम्रो लक्ष्य ,उच्च विद्युतीय प्रयोग हाम्रो उद्देश्य हो भन्ने नाराका साथ इन्डक्सन चुलो वितरणका कार्यक्रम गर्नुपर्ने पक्षमा आफ्नो मत रहेको बताए।