दमक ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक वडा नं. ३ को वडा सम्मेलन गणेश धिमालको अध्यक्षता तथा प्रदेश समितीका सचिवालय सदस्य दुर्गा चौंलागाई(श्रीकान्त)को प्रमुख आतिथ्यता र विशेष अतिथीहरु प्रदेश समिती सदस्य तथा वाईसियल केन्द्रीय सचिब डम्बर पुलामी (कर्मा) ,नगर ईन्चार्ज बेदु गौतम ,पार्टी नेता देउकुमार नेम्बाङ ,वाईसीएल केन्द्रीय सदस्य निसान मगर ,वाईसीएल केन्द्रिय सदस्य तथा पुर्व जनमुक्ति सेना समन्वय समिति सदस्य सुरेन्द्र रेग्मी ,दमक नगर सचिवालय सदस्य शान्ती धिमाल लगायतको उपस्थितिमा सम्पन्न भएको छ।
गणेश कुमार धिमालको संयोजकत्वमा १७ सदस्यीय वडा कार्यसमितीलाई सर्वसम्मत निर्वाचित गराई उक्त वडा सम्मेलन पुनर्गठन कार्यक्रम सौहार्द्धपुर्ण वातावरणमा सम्पन्न गर्दै पुराना पार्टी सदस्य ,सहिद परिवार ,पुर्व जनमुक्ति सेनालाई सम्मान गर्दै भब्यताका साथ सम्पन्न गरेको छ।
त्यस्तै दमक वार्ड न ४ को दोश्रो वडा सम्मेलनबाट मान बहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सचिबालय सदस्य दुर्गा चौलागाईं (श्रीकान्त) ,विशेष अतिथी वाईसीएल नेपालका केन्द्रिय सचिब तथा प्रदेशका नेता डम्बर पुलामी मगर (कर्मा) रहनु भएको थियो। कार्यक्रम भब्य र सब्यसाथ सम्पन्न भएको माओवादीले जनाएको छ।