कचनकवल : झापा जिल्लाको कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभाको औपचारिक उद्घाटनको केही मिनट समय बाँकी रहँदा कृषि तथा पशुपँक्षी शाखा अन्तर्गत कचनकवल पशु अस्पताल पथरियामा कार्यरत भवानी शँकर खतिवडाको मोटरसाइकल दुर्घटनामा परी उपचार गर्दागर्दै अस्पतालमा निधन भएको खबर पाउनसाथ दोस्रो गाउँसभा तथा चौथो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको छ।
गाउँसभा अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले तत्काल छलफल गरि निर्धारित दोस्रो गाउँसभा स्थगित भएको घोषणा गर्दै एक मिनट मौन धारण गराएर गाउँसभा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्नुका साथै भोलि ३० गते एक दिन कचनकवल भित्रका सम्पूर्ण सरकारी कार्यालयहरुमा समेत शोक बिदा दिईएको छ ।