कचनकवल गाउँपालिकाले जैविक विविधतायुक्त जलथल वन र बन्यजन्तुको कारणले मानवीय तथा भौतिक क्षति भोग्दै आएका भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका,बाह्रदशी गाउँपालिका र हल्दिवारी गाउँपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधि ,प्रदेश सभा सदस्य ,राजनीतिक दलका प्रतिनिधि ,सामुदायिक वनका प्रतिनिधि सम्मिलित छलफल प्रारम्भ गरेको छ।
जलथल वनबाट निस्कने हात्ती र मानव बीचको द्वन्द न्यूनीकरणका लागि तत्कालीन ,मध्यकालीन र दीर्घकालीन समस्या समाधानका लागि कचनकवल गाउँपालिकाले प्रारम्भिक सर्वपक्षीय छलफलमा लिखित प्रस्ताव पेश गरेको छ।