झापा । सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वाटर झापाले सीमा सुरक्षा तथा व्यवस्थापनको मुख्य कार्यादेश प्राप्त सशस्त्र प्रहरी बल नेपालले झापा जिल्लाको तीन स्थानमा बोर्डर आउट पोष्टहरुको उद्घाटन गरेको छ।
कचनकवल गाउँपालिका वडा नं. ५ मा अवस्थित विओपि डागावारी ,गौरीगंज गाउँपालिका वडा नं. ४ मा अवस्थित विओपि अल्तामारी तथा गौरीगंज गाउँपालिका वडा नं. २ मा अवस्थित विओपि लालमाटीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उदघाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं कोशी प्रदेश सभा सदस्य माननीय हिक्मत कुमार कार्की ,गौरीगंज गाँउपालिका अध्यक्ष फुलवती राजवंशी ,राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ ,नं.१ वराह वाहिनीका वाहिनीपति स.प्र.ना.म.नि. अन्जनी कुमार पोखरेल ,झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोला तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे ,विभिन्न संघसंस्था र राजनितिक दलका प्रतिनिधिहरु ,संचारकर्मी ,स्थानिय वडा अध्यक्षहरु ,सीमा सहजीकरण समितिका पदाधिकारीहरु ,समामाजसेवी तथा स्थानियहरुको उपस्थिति रहेको प्रेस नोट मार्फत जनाईएको छ।
विओपि लालमाटीको लागि निःशुल्क ७ (सात) कठ्ठा जग्गा प्रदान गर्नुहुने बिनिता नेम्बाङ्ग लिम्बू ,विओपि आल्ताबारीको लागि नि:शुल्क ५ (पाँच) कठ्ठा जग्गा प्रदान गर्नुहुने बबिता कुमारी साह तथा विओपि डाँगाबारीको लागि नि:शुल्क ७ (सात) कठ्ठा जग्गा प्रदान गर्नुहुने उपेन्द्र प्रसाद आचार्य सहितका दाताहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै स-धन्यवाद कदर पत्र प्रदान गरिएको छ । त्यस्तै विओपि स्थापना गर्न सहयोग पुऱ्याउने गौरीगंज गाउँपालिका ,कचनकवल गाउँपालिका तथा गौरीगंज गाँउपालिका वडा न. २ र ४ कार्यालय ,कचनकवल गाँउपालिका वडा न. ५ कार्यालय एवं विभिन्न व्यक्तिहरुलाई प्रसशां पत्र प्रदान गरिएको छ । झापा जिल्लाको शान्ति सुरक्षा ,सीमा अतिक्रमण ,सीमा अपराध नियन्त्रण ,सीमा ईलाका र सीमा स्तम्भहरुको रेखदेख तथा राजश्व संकलन ,चोरी ,अबैध निकाशी पैठारीमा नियन्त्रण गरी राजश्व अभिबृद्धि र बिभिन्न अपराधिक गतिविधी नियन्त्रण गर्न जिल्लाको सीमा ईलाका ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बिओपिहरु तैनाथ रहेको ,अन्य विभिन्न स्थानहरु १५ वटा बिओपिहरु स्थापना गर्नको लागि प्रस्तावित गरिएको ,सीमासंग सम्बन्धी सम्पूर्ण गतिविधि तथा कृयाकलापहरु सीमा स्तम्भहरुको अभिलेखिकरण ,सुरक्षा ,मर्मत संभार ,दशगजा अतिक्रमण नियन्त्रण लगायतका कार्यमा सशस्त्र प्रहरी बल नेपालले प्रभावकारी ढंगबाट सम्पादन गर्दै आएको नं २ गण हेटक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिनुभयो।
सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य अनुरुप विभिन्न चरणहरुमा गरी नेपालको अन्तराष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल ,नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म सहित बोर्डर आउट पोष्टहरुको संख्यालाई ५०० वटा पुऱ्याउने योजना अनुसार बोर्डर आउट पोष्टहरुको स्थापना तथा उद्घाटन भएको हो। हाल सम्म भारत र चिन तर्फ गरी देशभर २५० भन्दा बढि बोर्डर आउट पोष्टहरु स्थापना भईसकेको । कोशी प्रदेशमा ३ स्थानमा बोर्डर आउट पोष्टहरुको उद्घाटन भई सुरक्षाफौज परिचालन भए पश्चात सीमा सुरक्षा गुल्म (प्रस्तावित) को संख्या १० र ४८ वटा बि.ओ.पि. गरी ५८ वटा युनिटहरु सीमामा परिचालन हुनेछ ।
कोशी प्रदेश अन्तर्गत नेपालको अन्तराष्ट्रिय सीमा ६८९.३ कि.मि. मा समकक्षी युनिटहरु भारततर्फ औसत ३ कि.मि. को दुरीमा रहेको छ भने नेपालतर्फ औसत १२ कि.मि. को दुरीमा युनिटहरु रहेका छन । झापा जिल्लाको अन्तराष्ट्रिय सीमा दुरी १४४.२ किलोमिटरमा ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र उद्घाटन पश्चातको बोर्डर आउट पोष्ट गरी २१ वटा युनिट हुनेछ। झापा जिल्लाको अन्तराष्ट्रिय सीमा क्षेत्र सुरक्षाको दृष्टिकोणले बढी चुनौतिपुर्ण र संवेदनशील मानिन्छ ।सशस्त्र प्रहरी बलको बिओपि थप भए पश्चात शान्ति सुव्यवस्था तथा सीमा सुरक्षामा प्रभावकारिता आउनेछ। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बिओपि स्थापनापछि सीमा सुरक्षा तथा व्यवस्थापन अझ प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सहयोग गर्न पुग्ने बताउनु भयो ।
मन्तव्यको क्रममा आर्थिक वर्ष २०८०/०८१ मा २४५ वटा घरटहरा र ४६ कठ्ठा खेतिपाती ईलाका खालि गरि दशजगा क्षेत्रको सुरक्षा तथा संरक्षण गरिएको र सीमापार अपराध नियन्त्रण अन्तर्गत लागुऔषध ओसारपसार नियन्त्रण चालु आर्थिक वर्षमा ८१ जना लागु औषध
कारोबारी तथा ओसारपसारमा संलग्न व्यक्ति सहित प्रतिबन्धित लागु औषध गाँजा ९१३ किलोग्राम, ब्राउन सुगर १२८.४१२ ग्राम लगायत अन्य लागुऔषधहरु बरामद गरिएको ,अवैध चोरी तस्करी तथा निकासी पैठारी नियन्त्रण कार्य अन्तर्गत चालु आ.व. मा रु ३६,४०,३७,३१७ बराबरको अबैध सामानहरु बरामद गरिएको साथै यस वर्ष कोशी प्रदेशको झापा,मोरङ्ग र सुनसरीमा रहेका विजोर नम्बरका ४८३ वटा सीमा स्तम्भहरुको मर्मतसंभार तथा रंगरोगन
कार्य गरिएको जानकारी दिनु भयो । यसै गरि “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुसार वाहिनी,गण तथा गुल्म स्तरमा वडा अध्यक्षहरु तथा स्थानियहरुसंग नियमित अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको।
कोशी प्रदेश अन्तर्गत अन्तर्राष्ट्रिय सीमा जोडिएका जम्मा ८१ वडाहरु मध्ये हालसम्म ७७ वडामा सीमा सहजीकरण समिति गठन भई कार्य गर्दै आएको । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको प्रभावकारी उपस्थिति तथा सीमाबासीसंग सहकार्य गर्ने उद्देश्यले २३ औं सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा संगठन प्रमुखबाट घोषणा भई कल्याणकारी सेवा केन्द्रमार्फत सीमा क्षेत्रमा बसोवास गर्ने आदिवासी ,जनजाती ,दलित ,अल्पसंख्यक ,अति विपन्न ,पिछडिएको क्षेत्र ,वर्ग एवं सीमान्तकृत समुदायका छात्राछात्र मध्ये सामुदायिक विद्यालयबाट एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक बृत्ति र २ जनालाई नेपाल ए.पि.एफ. स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने ,सीमा लक्षित प्रदेश स्तरिय बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने ,अन्तराष्ट्रिय सीमाना जोडिएका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४% ब्याजदरमा न्युनतम ५ लाख देखि १० लाख सम्म सहुलियत आवास कर्जा उपलब्ध गराईने जानकारि सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलले जानकारी समेत दिनु भयो।
उक्त उद्घाटन कार्यक्रममा गौरीगंज गाँउपालिका अध्यक्ष फुलवती राजवंशी ,प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोला ,कोशी प्रदेश सदस्य तथा पूर्व मुख्यमन्त्री हिक्मत वहादुर कार्की तथा नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवेले आफ्नो मन्तव्य राख्दै कार्यक्रममा पत्रकार तथा स्थानिय तहका जनप्रतिनिधिहरु ,स्थानिय भद्रभलाद्मीहरु तथा कर्मचारीहरु लगायत उपस्थिति रहेको प्रेषित प्रेस नोटमा जनाईएको छ ।