कचनकवल।एनआईसी एसिया  बैंक शाखा बनियानीको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेकाछन्।

गएको दशैँ देखि  नै फुत्त पैसा निकाल्न नसक्दा सेवाग्राही समस्यामा परेकाहुन्।लामो समयदेखि सेवामा अवरुद्ध बनेको एटीएम सेवा अझैसम्म राम्रोसँग सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्।

कचनकवल गाउँपालिका भित्र रहेको एकमात्र एटीएम सेवा सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा पर्दै आएकाहुन्। समस्यामा पर्नेहरूमा विशेष गरी अस्पताल गएका बिरामी तथा डिजिटल कारोवार गर्ने सेवाग्राही रहेको काजी खबरलाई सूचना प्राप्त भएको छ ।

अस्पतालमा तिर्ने रकम नहुँदा उपचार नै प्रभावित हुन थालेको उनीहरूले गुनासो गरेका छन्।‘एटीएमबाट रकम निकाल्ने भनेर सेवा केन्द्रमा आउँदा, अहिले न एटीएम चल्छ, न अस्पतालमा तिर्ने रकम छ’,काजी खबरसँग कुरा गर्दै डुगडुगी निवासी राजु रिमालले भने– ‘हामीलाई निकै नै समस्या भएको छ।’एटीएमबाट पैसा निकाल्न नमिलेपछि सम्बन्धित बैंकलाई सम्पर्क गरौँभने आज र भोलि उनीहरूले के प्रतिक्रिया देलान र सार्वजनिक विदामा उनको गुनासो छ। बैंकले सेवाग्राहीलाई समस्याबारे नम्र भएर जानकारी दिनुपर्ने र काम कार्वाही सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो।

बैंक पनि साथी पनि' निकै आकर्षक नारा रहेको एनआईसी बैंकको दशैँदेखि सेवा प्रवाहमा समस्या भएपनि सेवाग्राहीको समस्या सुन्ने र समयमै समाधान गर्ने धैर्यता बैंकले राख्नुपर्छ, त्यसै गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’