झापा । बाह्रदशी गाउँपालिका-१ खयरबारी क्षेत्रमा भाले हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ। स्थानीयको सखरखण्ड लगायतको खाध्यबालीमा क्षति पुर्‍याएका कारण स्थानीयले थापेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ। 

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भएको छ।  

हात्ती र मानवबीचको द्वन्द्वका कारण हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी-३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो। उनको मृत्युसँगै झापामा हात्तीको आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ।