४ मँसिर , झापा । झापाको कचनकवल-७(बैगुनवारी) घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।
स्थानीय एसवीआई ईटा भट्टामा गाडी चलाउँदै आएका तामाङको १ छोरी र १ छोरा रहेका तामाङ दशैँ पछिबाट डराउने गर्थे । आइतबार राति अकस्मात घरबाट खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै श्रीमान निस्केको भन्दै श्रीमती अन्दाजी १:१५ को समयमा छिमेकी शेर बहादुर लिम्बूलाई बोलाउन पुगेपछि स्थानीय सबैले खोजतलास र फोन सम्पर्क गरेपनि बाटोको छेउमा छु भनेपनि यकिन ठाउँ पत्ता लगाउन नसकेका छिमेकीले बिहान ८:३० बजे कचनकवल-३(दुर्गाभिट्टा) को खेतवारीको बीचमा रगत सहित लडेको स्थानीय हरि पौडेलले देखेपछि स्थानीय छिमेकी र प्रहरीलाई खबर गरेको बताए ।
तामाङको व्यवहार परिवर्तन र घट्नास्थलको प्रारम्भिक अवस्था झट्ट हेर्दा हत्या नभई आत्माहत्या हुनसक्ने आँकलन गरिएको छ ।आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको वा कसैले हत्या गरेको भन्ने बिषय प्रहरी अनुसन्धानको बिषय भएको छ ।
घटनास्थलमा मृतकको ज्याकेट ,जुत्ता , मोबाइल र खुकुरी साथमै भेटिएको छ भने मृतकको शरीर छट्पटीले केही दुरीमा पुगेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । घटनास्थललाई प्रहरीले सिल गरि अनुसन्धान अगाडि बढाउन ईलाका प्रहरी कार्यालय बनियानीबाट गएको प्रहरी टोली पुगिसकेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी चौकी पथरियाले जनाएको छ ।