काठमाडौं । नेपाल चलचित्र निर्माता सँघले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार,उपचार तथा पुनर्निर्माणको लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा सहयोग गर्ने भएको छ । निर्माता सँघले प्रधानमन्त्री "दैबी प्रकोप उद्धार कोषको खातामा आर्थिक सहयोग स्वरुप १ लाख दाखिला गर्ने निर्णय गरेको हो ।
यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि निर्माता सँघका अध्यक्ष नवल खड्काद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरेको छ । सँस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस बिपत्तिमा सँघको तर्फबाट सहयोग गरेको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिईरहने जनाएको छ ।
निर्माता सँघले देशैभरिको भौगोलिक तथा सामाजिक अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरुमा यस बिपत्तिको घडीमा पिडीतहरुको राहत ,उद्धार र पुनर्निर्माणका लागि सकेको आर्थिक सहायता उपलब्ध गराउँन अपिल समेत गरेको छ ।