काठमाडौ ।भुकम्प पिडीतहरुको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमका लागि तरुण दलले सोमबार भृकुटीमण्डपको प्राङ्गणमा आब्हान गर्दै रक्तदान कार्यक्रममा सहभागी जनाउन नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा रक्तदान सञ्चालन गर्दैछ ।


जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितको सहयोगका लागि नेपाल तरुण दल केन्द्रीय समितिले सोमबार बिहानैदेखि खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।


नेपाली काँग्रेसका नेता श्याम सिटौलाका अनुसार बिहान ११:०० बजेबाट कार्यक्रम साँझसम्म नै चल्ने बताईएको छ । दुवै जिल्लाका घाइतेलाई धमाधम नेपालगञ्ज ल्याइएको छ। ती बिरामीलाई रगत आवश्यक पर्छ। त्यसका लागि तरुण दलले रक्तदान स्थलमा गएर रक्तदान कार्यक्रममा सहभागीहुन आमन्त्रण गरेको हो ।