काठमाडौं । हेम एण्ड माया फाउन्डेसनले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले सहयोग गर्ने भएको छ । फाउन्डेसनले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ लाख तत्काल प्रदान गर्ने निर्णय गरेको हो ।
यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि फाउन्डेसनले व्यक्त गरेको छ । फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा,बिपत्ति लगायतका क्षेत्रमा सहयोग पुर्याउदै आईरहेको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिईरहने फाउन्डेसनले जनाएको छ ।
हेम एण्ड माया फाउन्डेसनले देशैभरिको भौगोलिक तथा सामाजिक अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण स्वदेश तथा विदेशमा विभिन्न अवस्थाका पिडीतलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।