झापा ।कचनकवल गाउँपालिका स्वास्थ्य शाखा मार्फत गरिएको स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय बार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षामा कचनकवलले दोस्रो स्थान प्राप्त गरेको छ।
आर्थिक बर्ष २०७९/०८० को स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक प्रगतीहरुको समिक्षामा झापा जिल्लाको १५ वटै स्थानीय तहहरुको तुलनात्मक मुल्यांकन गरिएको थियो ।स्वास्थ्य कार्यक्रमको तुलनात्मक मुल्यांकनमा जिल्लामा कचनकवल गाउँ पालिकाले दोश्रो स्थान हासिल गरेको छ ।
यस बर्षको बार्षिक प्रगति मुल्यांकनमा हल्दिवारी गाउँपालिका प्रथम भएको छ। कचनकवल गाउँपालिकाले तुलनात्मक रुपमा दोस्रो स्थान हाँसिल गरेपनि बिगत भुल्नु हुदैन । "जिल्ला भित्र मात्रै नभई देशमभरिमै पहिलो स्थान बनाउनुमा मुख्य योगदान कचनकवल स्वास्थ्य शाखाले बिगतको कोभिड देखिनै सिकाएकाले कचनकवलले किन दोस्रो भयो भन्ने प्रश्न गर्नु नै पुर्वाग्रह हुने " स्थानीय बम बहादुर भट्टराई बताउनुहुन्छ ।
कचनकवल गाउँपालिकाको लागि स्वास्थ्य कार्यक्रमको सफलताको कथाका भुमिकामा बिगत देखि वर्तमानका लागि पनि गौरवमय उपलब्धि हो ।यो स्थान हासिल गर्न स्वास्थ्यकर्मी , डाक्टर र तथ्यांङ्क प्रबिष्टी लगायतका काममा अहोरात्र खटने स्वास्थ्य शाखाका महेश चन्द्र नेपाल सहितको सँयुक्त प्रयासको उपलब्धि भएको पाईन्छ ।
स्वास्थ्यकर्मीहरुको उतिकै मिहिनेत एवं सहयोगी साझेदारी संस्था NEPHEG ,NLF ,बागमती सेवा समाज ,सहारा नेपाल लगायत को सहयोग अती नै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गाउँ पालिकाका सम्पुर्ण मान्यजनहरुको उतिकै सहयोग रहेकोले सबै पक्षलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।"सधैं सबैको जय होस"भन्नुहुन्छ स्वास्थ्य प्रमुख जागेश्वर प्रसाद यादव ।