बनियानी ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले "जनतासँग माओवादी विशेष रुपान्तरण अभियान"अन्तर्गत कार्तिक ५ गते बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।


प्रत्येक बर्ष विजयादशमीको अवसरमा महाअष्टमीका दिन बनियानी युवा परिवार क्लबले साँस्कृतिक कार्यक्रम गर्दै आएपनि यस बर्ष क्लबले कुनै कार्यक्रमको आयोजना नगर्ने भएपछि उक्त दिन माओवादी केन्द्र कचनकवले साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको वाईसियल ईञ्चार्ज हरि बस्नेतले बताउनु भएको हो ।


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) कचनकवल गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति दिईने बताएको छ । वाईसियल अध्यक्ष श्याम घिमिरेले सम्पूर्णलाई उपस्थितिको लागि अनुरोध गर्दै बिजयादशमी,शुभदिपवली,गरुबाशी,बकर ईद तथा छैठ पर्वको शुभकामना आदन प्रदान तथा खुल्ला नित्य प्रतियोगितामा सहभागीताका लागि अपिल समेत गर्नु भएको छ ।


कार्तिक ५ गते महाअष्टमीका दिन आदिवासीजनजातिको बाक्लो बसोबास रहेको कचनकवलको बनियानीमा राष्ट्रिय गायक बल बहादुर राजबँशी, दिपक सापकोटा,विशाल घिमिरे,सिमान्त सन्तोषको गायनको धमाका मच्चाउने कार्यक्रमको सञ्चालन भने नायक-गायक तथा मोडल श्रीदेव भट्टराईको धमाकेदार प्रस्तुतिमा सास्किर्तिक कार्यक्रम सम्पन्न हुने जनाईएको छ ।


सहभागी प्रतियोगीले प्रतियोगितामा पालना गर्नुपर्ने नियमहरु यस्तो छ : 

 १)नेपाली लोक-भाका जात-जातीका गीत तथा नेपाली भाषाका गीतहरु मात्र हुनुपर्ने छ ।

२)गीत कम्तीमा २ मिनेट देखी बढीमा ४ मिनेटको हुनुपर्ने छ ।

३)१० बर्ष भन्दा माथी ३० बर्ष सम्मकाले मात्र भागलिन पाउने छ ।

४)प्रतियोगितामा सहभागीले प्रबेश शुल्क रु २०० लाग्ने छ ।

५)सहभागीले मिति २०८० कात्तिक ३ गते भित्र नाम समावेश गर्नुपर्ने छ ।

६)उत्कृष्ट ४ जनालाई क्रमश: प्रथम पुरस्कार रु १० हजार , द्वितीय पुरस्कार रु ७ हजार , तृतीय पुरस्कार रु ५ हजार र सान्त्वना रु २५ सय राशिको नगद पुरस्कार साथै प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ ।

७)उक्त नृत्य प्रतियोगिताको छनौट निर्णायक मण्डलले गर्ने भएको हुँदा निर्णायक मण्डलहरुको निर्णय नै अन्तिम निर्णय हुने छ ।


उक्त खुला नृत्य प्रतियोगितामा आवश्यक सोधखोज र जानकारीका लागि आयोजक समितिका हरि बस्नेतको मोबाइल नम्बर 9817939317,मोती  लाल राजबँशीको मोबाइल नम्बर 9817986752 र श्याम घिमिरेको मोबाइल नम्बर 9814993817 मा सिधा सम्पर्क गर्न सकिने छ ।


कार्यक्रम हुने स्थान श्री लक्ष्मी माध्यमिक विद्यालय बनियानीको प्राङ्गणमा मीति २०८० कार्तिक ५ गते दिनको ११:०० बजे देखि नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र )कचनकबल गाउँपालिका समिति, झापाले आयोजना गर्ने छ ।