ईलाम । चर्चामा आएको माईजाेगमाई गाउँपालिकामा सरकारले लामो अनुभव बटुलेका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई जिम्मेवारी दिएर पठाएपछि अनुगमनले तिब्रता लिएको छ ।
गाउँपालिकाकाे वडा नं ५ साेयांगस्थित वडा कार्यालय र सोही वडाका बिभिन्न निर्माणाधीन विध्यालय भवनकाे अनुगमन र निरिक्षण लगायतका याेजनाहरुको अनुगमनमा बस्नेत शाखा प्रमुखहरु सहित निस्किएका थिए ।
अनुगमनमा पूर्वाधार र प्रशासन शाखाका कर्मचारीलाई सम्बन्धित विध्यालय र वडा नं ५ कार्यालयले स्वागत आयाेजना गर्दै अन्तर्कृयात्मक छलफल कार्यक्रममा बिषयगत सुचना, जानकारी समेत सम्बन्धित विध्यालयहरु र वडा कार्यालयले गराएको थियोे ।
अनुगमन सकेर फर्किएपछि प्रशासकीय अधिकृत बस्नेतले सम्पूर्ण राजनैतिक पदाधिकारी तथा कर्मचारी परिवारलाई फेसबुकमा स्टाटस लेख्दै हार्दिक धन्यवाद भन्नू भएको छ ।




















