झापा, २३ असोज । झापाको कचनकवल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका सुवास चन्द्र सुमन हाजिर भएका हुन् ।


 प्रमुख प्रशासकीयको रुपमा रहनु भएको हिरा कुमारी यादव सरुवा भएर गएपछि प्रशासक बिहिन कचनकवल गाउँपालिकामा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पठाएपछि सुमन असोज १५ गतेबाट हाजिर हुनुभएको हो ।


गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भई जिम्मेवारी सम्हाल्न थालिएपनि कर्मचारी आन्दोलनको कारण सेवा प्रवाहमा समस्या आउन थालेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनु भएको छ।