२०८० असार ३-झापा।कचनकवल अपाङ्गता सँस्था कचनकवलको दोस्रो साधारणसभा कचनकवलको २ नम्बर वडा कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।
संस्थाका गाउँपालिका अध्यक्ष डम्बरबहादुर रिमालको सभापतित्वमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशी रहेका थिए ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,अपांग सहायता केन्द्र बनियानीका दिल कुमार राजवँशी अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले अपाङ्गहरुको समस्यालाई समाधान गर्न नीतिगत रुपमै पहल गर्ने बताए । त्यसका लागि आवश्यक बजेट पारित गराउने आश्वान समेत दिएकाछन् ।
यस्तै अतिथि गँगा बहादुर राईले स्वागत मन्तब्यका क्रममा अपाङ्गता भएका व्यक्तिहरुमा एक फरक प्रकारको क्षमता हुने र यसको प्रदर्शन गर्ने सक्नेले विश्वमै उत्कृष्ट उदाहरण देखाएको भन्दै हौस्याएका थिए। उनले अपाङ्गहरुलाई राजनितिक रुपमा ठाउँ दिन खोजेपनि अपाङ्गहरुले इच्छुकता नदेखाउँदा तथा अगाडी नआउँदा पछाडि परेको बताएकाछन् ।
यस्तै अतिथि तथा सरकारका प्रतिनिधि दिल कुमार राजवँशीले अपाङ्गहरुलाई पुरानो ढङ्गबाट नभई नयाँ र राजनितिक ढङ्गबाट अब अधिकारको लडाई गनुृ पर्ने बताए । उनले राजनितिका माध्यमबाट नेतृत्वको उच्च तहमा अपाङ्गहरुलाई लड्न आग्रह समेत गरेका छन् ।
उक्त दोस्रो साधारणसभा कार्यक्रमको औपचारिक सञ्चालन जीत बहादुर गुरुङले गर्नु भएको थियोे भने साधारणसभामा कचनकवल गाउँपालिका भित्रको सम्पुर्ण वडाहरुबाट मिलिजुली अपाङ्गता सँस्थाका वडा-अध्यक्षहरुको उपस्थिति रहेको थियोे ।