पथरिया । कृषिमा रासायनिक मल तथा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा अमरावती कृषि सहकारी र न्यु कचनकवल कृषि सहकारीको आयोजनामा दुई दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गरिएको छ ।
कचनकवल–२ स्थित बेदान्तेश्वर शिवालय मन्दिरको भक्तगृहमा बिहीबार औपचारिक कार्यक्रमको सभाध्यक्ष टँक प्रसाद अधिकारीले गर्नुभएको थियोे भने उक्त कार्यक्रमको सञ्चालन श्रीकृष्ण शिवाकोटीले गर्दै कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको प्रमुख आथित्यमा गोष्ठी उद्घाटन गर्दै जैविक खेती गरी स्वस्थ शरीर बनाउनुका साथै खाद्यका लागि कृषि अभियानले कृषकले धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने भएपछि गम्भीर भएको स्थानीय सरकारले माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो "।
स्थानीय अगुवा कृषक शेखर कोईराला भन्नुहुन्छ “धेरै फलाउने नाममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेकोले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ कोईराला भन्नुहुन्छ”।
कार्यशाला गोष्ठीमा सहभागी अगुवा शिक्षक चामु नारायण नेपालले आफूहरुलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि हामीले कार्यक्रमको आयोजना गरिएको नेपालले बताउनुभयो ।
स्वागत मन्तब्य राख्ने क्रममा तेज प्रसाद पौडेलले मानिसले कृषिमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले आफ्नै स्वास्थमा समेत असर गर्ने भएकोले कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गर्दै प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो पौडेलले भन्नुभयो "।




















