झापा।निष्पक्ष, उत्तरदायी, व्यवसायिक तथा खोजमूलक-विश्लेषणात्मक टेलिभिजन पत्रकारितामार्फत देश र जनतालाई सूचित गर्ने उद्देश्यका साथ विगत १२ वर्षदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनु भएकी ख्यातिप्राप्त टेलिभिजन पत्रकार सचिता बुढाथोकी (पत्रकार, एबीसी टेलिभिजन, लाजिम्पाट) लाई गृहिणी महिला संघ नेपालद्वारा हरेक वर्ष प्रदान गरिने “वरिष्ठ पत्रकार विशेष सम्मान” बाट सम्मानित गरिएको छ।

Screenshot_2026-03-14-18-08-56-263_com.whatsapp-edit

टेलिभिजन पत्रकारिताको माध्यमबाट समाजका विविध पक्षलाई उजागर गर्दै आउनु भएकी बुढाथोकीले विशेषगरी गृहिणी महिलाहरूका आवाज, सरोकार र एजेण्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गर्दै आएकी छन्। साथै मन्त्री, सांसद तथा नीति-निर्माताहरूले महिलाको नेतृत्व, अवसर र अधिकारका सवालमा गरेका पहल तथा जिम्मेवारीलाई पनि पत्रकारितामार्फत प्रभावकारी रूपमा उठान गर्दै सार्वजनिक बहस सिर्जना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

महिलाको नेतृत्व विकास, अवसर विस्तार र हकअधिकार सुदृढीकरणका पक्षमा पत्रकारितामार्फत निरन्तर पहल र प्रयास गर्दै आएकी बुढाथोकी हाल एबीसी टेलिभिजनमा वरिष्ठ समाचार वाचिका तथा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत रहेकी छन्।