बनियानी । कचनकवल गाउँपालिकाले मुस्लिम समुदायको महत्वपूर्ण पर्व बकर ईद (इदुल अज्हा) को अवसरमा गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। असार २५ गते आइतबारको दिन सार्वजनिक बिदा दिने निर्णय गाउँपालिकाको बैठकमा सर्वसम्मतिले गरिएको हो।

बिदाको निर्णय अनुसार उक्त दिन गाउँपालिकाको सबै सार्वजनिक कार्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू तथा मातहतका सरकारी कार्यालयहरू बन्द रहने छन्।

यस अवसरमा गाउँपालिकाले सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा बकर ईदको पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको प्रमुख प्रशासनिक अधिकृत स्काई पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

FB_IMG_1749200740269