बनियानी – कचनकवल गाउँपालिकाले पूर्वाधार विकासमा निरन्तर प्रगति गर्दै आएकाे छ। संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाभित्रका तीन महत्वपूर्ण सडक योजनाका लागि बजेट विनियोजन गरिएको छ।


गाउँपालिकाको निरन्तर प्रयास, सम्माननीय प्रधानमन्त्रीको निजि सचिवालय, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालज्यू, विकासप्रेमी पूर्वमाननीय बसन्त कुमार बाँनिया लगायत सबै सहयोगी पक्षहरूको सक्रिय भूमिकाका कारण यो सम्भव भएको कचनकवल गाउँपालिकाले जनाएको छ।
संघीय सरकारबाट बजेट सुनिश्चित भई मेचि लोकमार्ग – बाँगाडाँगी – पथरिया – घेरावारी – राजगढ सडक : रू. ३ करोड।सिंगीमारी – तुलसीवारी – बैगुनवारी – वालुवाडी सडक : रू. ३ करोड।कटुवालचौक – धौलावस्ती – हरसगाउँ – बैगुनवारी सडक : रू. ३ करोड सडकहरूकाे कालोपत्रे कार्यका लागि रकम स्वीकृत भएको छ।
गाउँपालिकाले स्थानीय बासिन्दा, सामाजिक अगुवा तथा सबै सरोकारवालाहरूको निरन्तर सहयोग र प्रेरणालाई विशेष धन्यवाद दिँदै विकासप्रति प्रतिबद्ध रहिरहने स्पष्ट संकेत गरेको छ।