बनियानी, झापा – नेपाल शिक्षक संघ कचनकवलले ३६औँ स्थापना दिवस कचनकवल–६ बनियानीस्थित चौकको डिभाइडरमा मैनबत्ती प्रज्वलन गर्दै मनाएको छ।


हालै सम्पन्न काठमाडौं केन्द्रित शिक्षक आन्दोलनपछि केन्द्रीय सर्कुलरअनुसार यस वर्ष स्थापना दिवस स्थानीय तहमै मनाउने निर्णयअनुरूप संघअन्तर्गतका शिक्षकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
संघका अध्यक्ष मोहन प्रसाद सिंह राजवंशीले कार्यक्रमको संक्षिप्त मन्तव्यमा शिक्षा र शिक्षकको सम्मानका लागि संघ सधैं क्रियाशील रहने बताउनुभयो।