कचनकवल । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले झापाको कचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको छ ।


ने.क.पा.(माओवादी केन्द्र) ले "हुलाकी राजमार्ग अभियान" यही १२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछ । यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ। आज बसेको पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।