बनियानी (झापा) - कचनकवल गाउँपालिका, कोशी प्रदेश सरकार तथा करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपांगता रोकथाम तथा पुनःस्थापन कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-६ (बनियानी) निवासी जितन राजवँशीलाई आवश्यक सहयोगी सामग्रीका रूपमा ह्विल चेयर प्रदान गरिएको छ। उक्त ह्विल चेयर अपांगता संघ कचनकवलका अध्यक्ष डम्बरबहादुर रिमालले अपांगता परिचयपत्र (कार्ड) सहित औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

Screenshot_2026-01-19-09-25-12-600_com.whatsapp-edit

गाउँपालिकाद्वारा सञ्चालित कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउनुका साथै उनीहरूको आत्मनिर्भरता र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। स्थानीय तह, प्रदेश सरकार र सामाजिक संस्थाबीचको सहकार्यबाट सञ्चालन भइरहेको यस कार्यक्रममार्फत लक्षित वर्गसम्म प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ।

कचनकवल गाउँपालिकाले आगामी दिनमा पनि थप अपांगता रोकथाम, पुनःस्थापना तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखी यस्ता सहयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।