झापा - कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा एक दिवसीय कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशीले ब्यानर वाचन गरी औपचारिक रूपमा उद्घाटन गर्नुभयो।


कार्यक्रमको अध्यक्षता न्यायिक समिति कचनकवलका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले गर्नुभएको थियो। विशिष्ट अतिथि झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का कार्यक्रममा सहभागी हुनुहुँदा, कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य बबिता काफ्लेले प्रस्तुत गर्नुभयो।
उजुरी प्रशासक सरला लुईटेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने औपचारिक कार्यक्रमको सहजीकरण जिल्ला न्यायाधीश तेजबहादुर खड्काले गर्नुभएको थियो।
कचनकवलका सातै वडाका वडा सचिवहरू तथा मेलमिलाप कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष र उपाध्यक्षले न्यायिक समितिले कानुनी चेतना अभिवृद्धि, मेलमिलापको माध्यमबाट विवाद समाधान र समुदायमा न्याय सुनिश्चित गर्ने कार्यमा खेलेको भूमिका अतुलनीय रहेको बताएका थिए।
कार्यक्रमले स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता र आवश्यकता औंल्याउँदै कानूनप्रति आम नागरिकको पहुँच र समझदारी अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
जरुरी सूचना :