झापा - कचनकवल गाउँपालिका र सहारा नेपाल विश्वास परियोजनाको साझेदारीमा कुष्ठरोग र हात्तीपाइले प्रभावित २१ जना बिरामीलाई स्वयम् हेरचाह सामग्री वितरण गरिएको छ।


कचनकवल स्वास्थ्य शाखाको सहजीकरणमा सञ्चालित कार्यक्रममा बिरामीको दैनिक सरसफाइका लागि आवश्यक सामग्रीको प्याकेज तयार गरी हस्तान्तरण गरिएको हो।
सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव र परियोजनाकी प्रतिनिधि जिन्नत बेगमले सामाग्री हस्तान्तरण गरेका थिए।
यो कार्यक्रमले बिरामीहरूको स्वास्थ्य र स्वच्छतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।