झापा — कचनकवल गाउँपालिका–६ (बनियानी) क्षेत्रमा केही दिनदेखि एक भुस्याहा तथा बौलाहा कुकुरले स्थानीय समुदाय र पशु–चौपायामा आतङ्क फैलाउँदै आएको घटनालाई गाउँपालिकाले गम्भीरताका साथ लिई आवश्यक कदम चाल्ने भएको छ।


गाउँपालिकाको सक्रिय पहल र जनसहभागितामा उक्त कुकुरलाई हाल नियन्त्रणमा लिइएको छ। यस कार्यले स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिता दिँदै पालिकाले आफ्नो जनउत्तरदायी भूमिका निर्वाह गरेको स्पष्ट देखिएको छ।
यद्यपि, उक्त कुकुरबाट अन्य कुकुर तथा पशु–चौपायामा प्रत्यक्ष आक्रमण भइसकेको वा सम्भावित सङ्क्रमण फैलिएको आशङ्का रहेको भन्दै कचनकवल गाउँपालिका प्रमुखको सचिवालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। साथै, सम्भावित संक्रमित व्यक्तिहरू तथा पशुपालकहरूले पालिकामा तुरुन्त जानकारी गराइदिनुहुन पनि अनुरोध गरिएको छ।
गाउँपालिकाले यस्ता घटनामा शीघ्र प्रतिक्रिया जनाउँदै जोखिम न्यूनीकरणमा देखाएको तत्परताले स्थानीय स्तरमा जनविश्वास थप बलियो बनाएको छ।