भद्रपुर।रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । 

नेपाल तरुण दल क्षेत्रीय समिति झापा क्षेत्र नं. ३ ले नयाँ बर्ष २०८१, सिरुवा पावनी, इद र उभौली पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तरुण दल क्षेत्र नं. ३ का सभापति खड्ग लिम्बुको अध्यक्षता तथा नेपाली कांग्रेसका शीर्ष  नेता एवं राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

भद्रपुर स्थित होटल एभर्टमा नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ द्वारा आयोजित रक्तदान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई प्रमुख अतिथि कृष्ण प्रसाद सिटौला ,कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल ,प्रदेश सभा (क) सदस्य भूमि प्रसाद राजवंशी ,मोहन महर्जन ,जिल्ला उपसभापति केशव पाण्डे ,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,भद्रपुर नगरपालिका मेयर गणेश पोख्रेल ,नेपाल तरुण दल केन्द्रिय सदस्य श्याम सिटौला ,नेपाल महिला संघ क्षेत्रीय सभापति शर्मिला अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।