झापा,२३ चैत । समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार कचनकवल गाउँपालिका ६ स्थित श्री लक्ष्मी माद्यामिक विद्यालय बनियानी परीक्षा केन्द्रबाट एसइइमा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षा हलबाट निस्कदै गर्दा विद्यालय गेटमा चार प्रतिबद्धता पढ्न लगाई हस्ताक्षर गर्न लगाईएको छ।
ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक दिवस कुमार कार्कीले परीक्षाको अन्तिम दिन परीक्षा सकेर बाहिरिने विद्यार्थीलाई ब्यानरमा लेखिएको ४ प्रतिबद्धता जीवनमा लागुगर्ने प्रतिबद्धता सहित हस्ताक्षरका लागि सहजीकरण गर्नु भएको थियोे ।
१. म लागू औषध सेवन गरि कुलतमा फस्ने छैन।
२. म सामाजिक सँजालको दुरुपयोग गर्नेछैन।
३. म कुनै पनि परिस्थितिमा आत्महत्या गर्नेबारे सोच राख्ने छैन।
४. म समाजको असल नागरिक बन्नेछु।
कचनकवल गाउँपालिका भित्र देखिएका सामाजिक समस्या र विकृति न्यूनीकरणका लागि नेपाल प्रहरीले विभिन्न बिषयमा जनचेतनामूलक कार्यक्रम पछिल्लो समयमा गर्दै आईरहेको छ।