कचनकवल ।सवारी दुर्घटना न्यूनीकरण गर्न अस्थाई ट्राफिक प्रहरी पोष्ट बनियानीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउने लगायत अभियान सञ्चालन गर्दै आएको छ।

तराईमा चिसो बढेसँगै बाक्लो हुस्सु लाग्न थालेको छ। हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जीवन विकास लघुवित्त शाखा कार्यालय बनियानीको सौजन्यमा ट्राफिक र ईलाका प्रहरी कार्यालय बनियानीले अभियान थालेको हो।

IMG-20240119-WA0001अस्थायी ट्राफिक प्रहरी पोष्ट बनियानी झापाका ट्राफिक प्रहरी जवान मनोज पुरी भद्रपुर नगरपालिकाको दक्षिणी छिमेकी स्थानीय तह कचनकवलमा दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा बढी सडकमा विभिन्न उपाय लिएर खटिने एक्ला ट्राफिक प्रहरी जवानको रुपमा चिनिन्छन्।ट्राफिक प्रहरीको सक्रियताका कारणले सवारी दुर्घटना र ट्राफिक नियमको पालनागर्ने सवारी चालकको सँख्या दक्षिणी गाउँपालिकामा ह्वात्तै बढेको छ।सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले समेत दक्षिणी गाउँपालिका कचनकवलका विभिन्न विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम र ट्राफिक सचेतनाका कार्यगर्दै आएको छ।

IMG-20240119-WA0006"सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्री, विद्यार्थी तथा सवारी चालकलाई सडक सुशासन, सडक लेन, ट्राफिक नियमबारे जानकारी गराउँदै ट्राफिक प्रहरी जवान पुरीले भने, ‘साँघुरो सडकमा अव्यवस्थित तवरबाट सवारी चलाउने र जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटना बढेपछि समुदायका विभिन्न सँघ,सँस्थाको सौजन्यमा ट्राफिक प्रहरीले ‘अन द स्पट’ कार्य सञ्चालन थालेको छ"

IMG-20240119-WA0002पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सुले गर्दा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सवारी साधानहरूमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालिएको छ। ट्राफिक प्रहरी पोस्ट बनियानीबाट यो ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानको शुरुवात जीवन विकास लघुवित्त सहकारी सँस्था लि.बनियानी शाखाको सौजन्यमा गरेको बताउँदै ट्राफिक जवान पुरीले भने, ‘रिफ्लेक्टर स्टिकर’ टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने अभियान समेत तत्कालै कचनकवलभर शुरु गर्ने छौं। हुस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परबाटै लाइट पर्दा टल्कने हुँदा दुर्घटनामा कमी हुन्छ।’

IMG-20240119-WA0003ईलाका प्रहरी कार्यालय बनियानीका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक दिवस कुमार कार्कीले हुस्सु लागेका बेला र रातको समयमा दुर्घट्नाको जोखिम धेरै हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालिएको हो।

IMG-20240119-WA0007उनले टल्किएर परबाटै प्रष्ट देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर स्टिकर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ।सडकबीच भागमा राखिएको डिभाइडर ,साइकलको पछाडिको भाग ,सिटी रिक्सा ,टेम्पो ,मारुती भ्यान ,टिपर ,बस र अन्य सवारीसाधनको पछाडिको भागमा टल्कने ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने ,पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने ,सवारी साधनका बत्ती दुरुस्त बनाउन लगाउने जस्ता अभियान थालेको बताउँदै ,सई कार्कीले भने ‘सडकका खाल्डाखुल्डी र अत्यधिक तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ। बत्तीको उज्यालो परेपछि स्टिकर टल्कने हुँदा दुर्घटना कम गर्न सहयोग पुग्ने आशा गरेका छौं।’

IMG-20240119-WA0005‘दिनहुँ सडक दुर्घटनाका खबर सुन्दा र यस्ता दृश्य देख्दा मन नै सिरिङ्ग हुन्छ,’जीवन विकास लघुवित्त सहकारी सँस्था बनियानी शाखा प्रबन्धक कृष्ण प्रसाद गनगाईले भने, ‘कसरी सुरक्षित सडक यात्रा गर्ने भन्ने चिन्ता हुन्छ।आफू बिस्तारै सुरक्षित तवरले सवारी चलाउँदै गर्दा अन्य तीव्र गतिका सवारीले ठक्कर दिने डर एकातर्फ छ भने अर्कोतर्फ जथाभावी बाटो काट्दा थप समस्या सिर्जना हुने गरेको छ।’

IMG-20240119-WA0004बाक्लो हुस्सुका कारणले सडकमा सवारी नदेखिने ,सडक अनुसारको लेन छुट्याउने ,तीव्र गतिका सवारीलाई कडा कारबाही गर्ने ,जथाभावी बाटो काट्न नदिने जस्ता काम कडाइका साथ ट्राफिक प्रहरी पोष्ट बनियानीले कार्यान्वयनका लागि लागिपरेको देखेपछि हामीले सवारी दुर्घटना न्यूनीकरणको अभियानले दुर्घटनामा केही भएपनि कमी आउने भएकाले आगामी दिनमा समेत सँस्थाबाट सहयोग गरिने गनगाईले बताउनुभयो।