बनियानी । सुधारिएको चुलो पाएपछि कचनकवल-६ साबिक ९ र २ नम्बर वडाका स्थानीय दंग भएका छन् । कचनकवल-६ स्थित साबिक वडाका टोलका घरपरिवारले निःशुल्क सुधारिएको चुलो पाएपछि दंग भएका हुन् । धुवाँरहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ ।

 समाजसेवी शिव प्रसाद गुरुङको सहजीकरणमा साबिक ९ र २ नम्बर वडाका स्थानीय घर परिवारलाई आज एक कार्यक्रमका बिच कचनकवल उपाध्यक्ष नवराज भट्टराई र निवर्तमान प्रदेश सभा सदस्य बसन्त कुमार बाँनियाले उक्त चुलो वितरण गरिएको इपिसी नेपालका प्राविधिक अमर मेचेले बताए ।

उनले यस अघि इपिसी नेपालको सहयोगमा कचनकवलका विभिन्न वडाका घर परिवारलाई सुधारिएको चुलो वितरण गरिएको जानकारी दिए । इपिसी नेपालको सहयोगमा गत महिना मात्रै गाउँपालिकाका विभिन्न मावि स्तरका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरेको थियो ।

Screenshot_2024-01-06-12-29-46-107_com.facebook.katana-editजनप्रतिनिधिको पहलमा इन्भारोमेन्ट प्रोटेक्सन सेन्टर इपिसी नेपालको सहयोगमा कचनकवल-६ (बनियानी)को साबिक ९ र २ नम्बर वडामा वितरण गरिएको चुलो वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रदेश सभा सदस्य बसन्त कुमार बाँनिया,कचनकवल-६ वडाध्यक्ष चिन्तामणि खरेल,निवर्तमान वडाध्यक्ष कुल बहादुर कार्की ,समाजसेवी शिव प्रसाद गुरुङ तथा नेकपा एमाले गाउँ कमिटी कचनकवल ईञ्चार्ज हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।