झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाले पर्सि (शुक्रवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 


कचनकवल गाउँपालिका भित्र हिन्दु धर्मावलम्बीको बाक्लो उपस्थिति रहेकाले प्रत्येक वर्ष हरिबोधनी एकादशीको दिन व्रत बस्ने र पुजा अर्चना गरिने भएकाले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जानकारी दिए। FB_IMG_1700637862509


उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन्।