कचनकवल – झापाको कचनकवल गाउँपालिका ३ पथरिया(बडो केचना)स्थित मियाँ बस्तीमा एकै घरमा छुट्टिएर बसेका मुस्लिम दाजुभाइको घरमा आगलागी हुँदा लाखौं बराबरको क्षति भएको छ।
पथरिया(बडो केचना) मिया गाउँका चैतु मियाँ र तस्लीम मियाँको घरमा बिहान ८:०० बजे बिजुली सर्ट भई आगलागी भएको हो।
आगोबाट जलेर दाजुभाइ मियाँको घरमा भएको सम्पूर्ण सम्पत्ति लत्ताकपडा ,नगद ,गरगहना ,अन्नपात ,झ्यालढोका,पलङ कुर्सी र राखिएको मोटरसाइकल समेत जलेर पुर्ण रुपमा क्षति भएको कचनकवल ३ वडाध्यक्ष ग्यास अजमल मियाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको आग्रहमा अग्नी पिडीत मुस्लिम दाजुभाइको तत्काल राहतका लागि रेडक्रस भद्रपुरले लत्ताकपडा र खाध्यन्न उपलब्ध गराईसकेको छ भने स्थानीय सरकारले समेत राहत सामाग्री प्रदान गर्ने जनाउनु भएको छ।
आगोमा परि चौपाया तथा कुनै मानवीय क्षति नभए पनि दाजुभाइको २५ लाख बढी भौतिक मूल्य बराबरको क्षति पुगेको आँकलन गरिएको छ। घटनास्थलमा आगो नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नजिकै रहेको पोखरीको पानीले आगो नियन्त्रण गरिएको प्रदेश सभा सदस्य माननीय भुमि प्रसाद राजवँशीले जनाउनु भएको छ।