विराटनगर । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार गँगा भट्टराईलाई प्रदान गरिएको छ ।
२५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट १ जना ट्राफिक प्रहरी कर्मचारीलाई ६८ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक हवल्दार भट्टराईले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र इटहरी उप–महानगरपालिकासंग समन्वय गरी फोटो भिडियो संकलनका लागी १ थान क्यामेरा समेत उपलब्ध गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी छन् ।
पुरस्कृत हुने सहायक हवल्दार भट्टराईलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गर्नु भएको छ । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा–पत्रद्वारा सम्मान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको शुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।स्रोत : ओवी