काठमाडौ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार ब्राउनसुगर सहित हर्क लिम्बू र मोहम्मद करिम पक्राउ परेका छन् । उनका अनुसार पक्राउ पर्नेमा भारतको वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहम्मद करिम रहेका छन् र उनको दाहिने खुट्टामा गोली लागेको छ भने करिमलाई तीनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झापाको कचनकवल-७(तारावना) गाउँपालिका घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि पक्राउ गरेको र उनको साथबाट लागु औषध जोख्ने तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ३ राउन्ड गोलीसहित १ नाल पिस्तोल र २ सय ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।